『संक्षिप्त बाइबल ऑडियो संस्करण』のカバーアート

संक्षिप्त बाइबल ऑडियो संस्करण

संक्षिप्त बाइबल ऑडियो संस्करण

著者: Initiative.Global
無料で聴く

संक्षिप्त बाइबलको©︎ सम्पूर्ण विषय सूचीहरू बाइबलबाट लिइएका भागहरू हुन्; जसले एक मात्र यस्तो कथा तर्फ डोर्‍याउदछ जो येशू मसीह-सृष्टिकर्ता, उद्धारकर्ता, न्यायाधीश र राजाको रूपमा बाइबलीय अवलोकन प्रदान गर्दछ। संक्षिप्त बाइबल अडियो संस्करण℗ Initiative.Global निर्माण र वितरण गरिन्छ। संक्षिप्त बाइबल ऑडियो संस्करण℗ Copyright ℗ 2026 by Initiative.Global All scripture quotations used in this edition are taken from Holy Bible, Nepali Contemporary Version Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Used with permission. All rights reserved worldwide.Initiative.Global アート 文学史・文学批評
エピソード
  • भूमिका
    2026/07/14

    भूमिका

    संक्षिप्त बाइबल भन्ने यस पुस्तकको सम्पूर्ण विषयवस्तुहरू बाइबलबाट लिइएका अंशहरू हुन्; अर्थात्, यस पुस्तकको पाठहरू संक्षिप्त संस्करणमा बाइबल नै हो। बाइबलसँग अपरिचित व्यक्तिहरूको आवश्यकतालाई ध्यानमा राख्दै र ख्रीष्टियन विश्वासका मुख्य बुँदाहरू राम्रोसँग बुझ्न चाहनेहरूलाई बाइबल सन्देशको रूपरेखा पढ्न सजिलो होस् भन्ने ढाँचामा प्रस्तुत गर्न यो संकलित गरिएको हो।

    येशू बाइबलको केन्द्रीय विषय हुनुहुन्छ, जसलाई ख्रीष्टियनहरूले प्रतिज्ञा गरिएको मसीह वा ख्रीष्ट; र परमेश्वरको आउँदै गरेको राज्यको रहस्यको रूपमा स्वीकार गर्छन्। यो सन्देशलाई साँचो रूपमा बुझ्नको लागि, येशूले भन्नुभए जस्तै यसलाई, बालकको जस्तो र नम्र हृदयले पढ्नुपर्छ। यदि कसैले परमेश्वरको वचनलाई लुकेको धन खोजेको जस्तैगरि पढ्छ भने, उसले आफ्नो जीवनमा बाइबलका यी वचनहरू निश्चित रूपमा सत्य पाउनेछ: "तपाईलाई कसैले सिकाउने आवश्यकता पर्नेछैन"

    यो पुस्तक पढिसकेपछि, हामी तपाईंलाई एउटा बाइबल खोजेर पढ्न आग्रह गर्न चाहन्छौं।

    सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।

    2 तिमोथी 3:16

    続きを読む 一部表示
    2 分
  • बाइबलको बारेमा
    2026/07/14
    बाइबलको बारेमाबाइबल दुई पुस्तकहरू मिलेर बनेको छ जसलाई पुरानो करार र नयाँ करार भनिन्छ। यो करार शब्दको अर्थ घोषणा वा सम्झौता, वा केही अवस्थामा, इच्छापत्र पनि भन्न सकिन्छ। यहाँ प्रयोग गरिएको जस्तै, यसको अर्थ, यो यस्तो सम्झौता वा प्रतिज्ञा हो, जसमा परमेश्वर स्वम्‌ले आफैलाई मानवजातिसँग उहाँको इच्छामा बाँध्नुभएको छ।परमेश्वरले हामीलाई दिनुभएको मुक्तिको करार येशू ख्रीष्टको क्रूसको मृत्युमा आधारित छ; यो एउटा यस्तो प्रतिज्ञा हो, जहाँ परमेश्वरले हामीलाई येशूद्वारा बचाउनुभएको छ र हामीलाई उहाँको स्वर्गको राज्यको उत्तराधिकारी बनाउनुभएको छ। ख्रीष्टमा विश्वास गर्नेहरू विश्वस्त छन् कि क्रूसमा येशूको मृत्युद्वारा मानवजातिको पाप सदाको लागि हटाइएको छ - लगभग २००० वर्ष पहिले यस पृथ्वीमा जन्मनुभएका परमेश्वरका पुत्र येशूले मानिसको सट्टामा र उनीहरूको विकल्पको रूपमा पापी मानिसहरूले पाउनुपर्ने दण्ड आफैमा लिनुभयो। यसको अर्थ, परमेश्वरले हामीलाई दिनुहुने अनन्त जीवन प्राप्त गर्न सक्ने अद्भुत समाचार यो हो कि हाम्रा पापहरू क्षमा हुन सक्छन् र हामी परमेश्वरको प्रतिज्ञामा विश्वास गर्न सक्छौं। यस प्रतिज्ञाको शुभ समाचार नै बाइबल सन्देशको केन्द्रविन्दु हो। ख्रीष्टभन्दा अघि लेखिएको पुस्तकलाई पुरानो करार भनिन्छ र ख्रीष्टभन्दा पछि लेखिएको पुस्तकलाई नयाँ करार भनिन्छ।पुरानो करार यहूदी राष्ट्र वरिपरि केन्द्रित छ। धेरै लेखकहरूले १५०० ईसा पूर्व र ४०० ईसा पूर्वको बीचमा यसलाई लेखेका थिए र यसमा ३९ पुस्तकहरू छन् जसमा तिनीहरूको इतिहास, व्यवस्था, भविष्यवाणी, कविता र गीतहरू समावेश छन्। परमेश्वरको नयाँ राज्य र आउँदै गरेको ख्रीष्टको सन्देश धेरै भविष्यवाणीहरूमा दोहोरिएको छ।नयाँ करारले ख्रीष्टका यी भविष्यवाणीहरू येशूमा कसरी पूरा भए भन्ने तथ्यहरूको व्याख्या गर्दछ र उहाँले दिनुहुने मुक्तिको बारेमा सिकाउँछ। यो येशूका चेलाहरूद्वारा ईस्वी संवत ३० र ९० को बीचमा लेखिएको थियो। यो चार सुसमाचारका पुस्तकहरूबाट सुरु हुन्छ - येशूको जीवनको छोटो इतिहास – ख्रीष्टियनहरूको लागि २१ पत्रहरू समेत गरेर जम्मा २७ पुस्तकहरू समावेश छन्।यहूदी मानिसहरूले पुरानो करारलाई मात्र बाइबल, परमेश्वरको वचनको रूपमा ...
    続きを読む 一部表示
    4 分
  • अध्याय 1 आदिमा
    2026/07/14

    अध्याय 1 आदिमा

    बाइबलले हामीलाई यस संसार, कसरी जटिलता र जीवनको अद्भुततामा सुरु भयो, कसरी र किन मानिस सृष्टि गरियो, कसरी मानवजातिले आफ्नो सृष्टिकर्ताको विरुद्ध विद्रोह गरे र उहाँलाई बेवास्ता गरिरहे, कसरी परमेश्वरको मृत्युको भयानक श्राप मानिसहरूले उहाँको विरुद्ध गरेको पापको कारणले पाए भन्ने बारेमा बताउँछ। परमेश्वर विरुद्धको हाम्रो पापको कारणले गर्दा हामी जन्मेको दिनदेखि नै मृत्युको विनाशसँगै बाँचिरहेका छौं। हामीसँग न त कुनै आशा छ, न कुनै वास्तविक, स्थायी आनन्द र शान्ति छ - केवल मृत्यु हाम्रो पर्खाइमा छ। हामी धनी हौं वा गरिब, बलियो वा कमजोर, दास वा स्वतन्त्र, बिरामी वा स्वस्थ, एक दिन मर्नैपर्छ। अनि त्यसपछि, हामी हाम्रो सृष्टिकर्ताको सामु खडा हुनुपर्छ र हामीले उहाँलाई र उहाँका धार्मिक व्यवस्थाहरूलाई किन बेवास्ता गर्यौं भनेर लेखा दिनुपर्छ। मानिसले होइन तर परमेश्वरले, हाम्रो होइन तर परमेश्वरको व्यवस्थाअनुसार उहाँले हाम्रो न्याय गर्नुहुनेछ।

    बाइबल बाहेक, हामीलाई यो भयानक श्रापबाट कसरी बच्ने भनेर संसारको इतिहासमा कुनै पनि धर्म वा दर्शनशास्त्र वा मानिसले देखाएको छैन।

    続きを読む 一部表示
    15 分
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません