『अध्याय 1 आदिमा』のカバーアート

अध्याय 1 आदिमा

अध्याय 1 आदिमा

無料で聴く

ポッドキャストの詳細を見る

अध्याय 1 आदिमा

बाइबलले हामीलाई यस संसार, कसरी जटिलता र जीवनको अद्भुततामा सुरु भयो, कसरी र किन मानिस सृष्टि गरियो, कसरी मानवजातिले आफ्नो सृष्टिकर्ताको विरुद्ध विद्रोह गरे र उहाँलाई बेवास्ता गरिरहे, कसरी परमेश्वरको मृत्युको भयानक श्राप मानिसहरूले उहाँको विरुद्ध गरेको पापको कारणले पाए भन्ने बारेमा बताउँछ। परमेश्वर विरुद्धको हाम्रो पापको कारणले गर्दा हामी जन्मेको दिनदेखि नै मृत्युको विनाशसँगै बाँचिरहेका छौं। हामीसँग न त कुनै आशा छ, न कुनै वास्तविक, स्थायी आनन्द र शान्ति छ - केवल मृत्यु हाम्रो पर्खाइमा छ। हामी धनी हौं वा गरिब, बलियो वा कमजोर, दास वा स्वतन्त्र, बिरामी वा स्वस्थ, एक दिन मर्नैपर्छ। अनि त्यसपछि, हामी हाम्रो सृष्टिकर्ताको सामु खडा हुनुपर्छ र हामीले उहाँलाई र उहाँका धार्मिक व्यवस्थाहरूलाई किन बेवास्ता गर्यौं भनेर लेखा दिनुपर्छ। मानिसले होइन तर परमेश्वरले, हाम्रो होइन तर परमेश्वरको व्यवस्थाअनुसार उहाँले हाम्रो न्याय गर्नुहुनेछ।

बाइबल बाहेक, हामीलाई यो भयानक श्रापबाट कसरी बच्ने भनेर संसारको इतिहासमा कुनै पनि धर्म वा दर्शनशास्त्र वा मानिसले देखाएको छैन।

adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません