『बाइबलको बारेमा』のカバーアート

बाइबलको बारेमा

बाइबलको बारेमा

無料で聴く

ポッドキャストの詳細を見る
बाइबलको बारेमाबाइबल दुई पुस्तकहरू मिलेर बनेको छ जसलाई पुरानो करार र नयाँ करार भनिन्छ। यो करार शब्दको अर्थ घोषणा वा सम्झौता, वा केही अवस्थामा, इच्छापत्र पनि भन्न सकिन्छ। यहाँ प्रयोग गरिएको जस्तै, यसको अर्थ, यो यस्तो सम्झौता वा प्रतिज्ञा हो, जसमा परमेश्वर स्वम्‌ले आफैलाई मानवजातिसँग उहाँको इच्छामा बाँध्नुभएको छ।परमेश्वरले हामीलाई दिनुभएको मुक्तिको करार येशू ख्रीष्टको क्रूसको मृत्युमा आधारित छ; यो एउटा यस्तो प्रतिज्ञा हो, जहाँ परमेश्वरले हामीलाई येशूद्वारा बचाउनुभएको छ र हामीलाई उहाँको स्वर्गको राज्यको उत्तराधिकारी बनाउनुभएको छ। ख्रीष्टमा विश्वास गर्नेहरू विश्वस्त छन् कि क्रूसमा येशूको मृत्युद्वारा मानवजातिको पाप सदाको लागि हटाइएको छ - लगभग २००० वर्ष पहिले यस पृथ्वीमा जन्मनुभएका परमेश्वरका पुत्र येशूले मानिसको सट्टामा र उनीहरूको विकल्पको रूपमा पापी मानिसहरूले पाउनुपर्ने दण्ड आफैमा लिनुभयो। यसको अर्थ, परमेश्वरले हामीलाई दिनुहुने अनन्त जीवन प्राप्त गर्न सक्ने अद्भुत समाचार यो हो कि हाम्रा पापहरू क्षमा हुन सक्छन् र हामी परमेश्वरको प्रतिज्ञामा विश्वास गर्न सक्छौं। यस प्रतिज्ञाको शुभ समाचार नै बाइबल सन्देशको केन्द्रविन्दु हो। ख्रीष्टभन्दा अघि लेखिएको पुस्तकलाई पुरानो करार भनिन्छ र ख्रीष्टभन्दा पछि लेखिएको पुस्तकलाई नयाँ करार भनिन्छ।पुरानो करार यहूदी राष्ट्र वरिपरि केन्द्रित छ। धेरै लेखकहरूले १५०० ईसा पूर्व र ४०० ईसा पूर्वको बीचमा यसलाई लेखेका थिए र यसमा ३९ पुस्तकहरू छन् जसमा तिनीहरूको इतिहास, व्यवस्था, भविष्यवाणी, कविता र गीतहरू समावेश छन्। परमेश्वरको नयाँ राज्य र आउँदै गरेको ख्रीष्टको सन्देश धेरै भविष्यवाणीहरूमा दोहोरिएको छ।नयाँ करारले ख्रीष्टका यी भविष्यवाणीहरू येशूमा कसरी पूरा भए भन्ने तथ्यहरूको व्याख्या गर्दछ र उहाँले दिनुहुने मुक्तिको बारेमा सिकाउँछ। यो येशूका चेलाहरूद्वारा ईस्वी संवत ३० र ९० को बीचमा लेखिएको थियो। यो चार सुसमाचारका पुस्तकहरूबाट सुरु हुन्छ - येशूको जीवनको छोटो इतिहास – ख्रीष्टियनहरूको लागि २१ पत्रहरू समेत गरेर जम्मा २७ पुस्तकहरू समावेश छन्।यहूदी मानिसहरूले पुरानो करारलाई मात्र बाइबल, परमेश्वरको वचनको रूपमा ...
adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません