『भूमिका』のカバーアート

भूमिका

भूमिका

無料で聴く

ポッドキャストの詳細を見る

भूमिका

संक्षिप्त बाइबल भन्ने यस पुस्तकको सम्पूर्ण विषयवस्तुहरू बाइबलबाट लिइएका अंशहरू हुन्; अर्थात्, यस पुस्तकको पाठहरू संक्षिप्त संस्करणमा बाइबल नै हो। बाइबलसँग अपरिचित व्यक्तिहरूको आवश्यकतालाई ध्यानमा राख्दै र ख्रीष्टियन विश्वासका मुख्य बुँदाहरू राम्रोसँग बुझ्न चाहनेहरूलाई बाइबल सन्देशको रूपरेखा पढ्न सजिलो होस् भन्ने ढाँचामा प्रस्तुत गर्न यो संकलित गरिएको हो।

येशू बाइबलको केन्द्रीय विषय हुनुहुन्छ, जसलाई ख्रीष्टियनहरूले प्रतिज्ञा गरिएको मसीह वा ख्रीष्ट; र परमेश्वरको आउँदै गरेको राज्यको रहस्यको रूपमा स्वीकार गर्छन्। यो सन्देशलाई साँचो रूपमा बुझ्नको लागि, येशूले भन्नुभए जस्तै यसलाई, बालकको जस्तो र नम्र हृदयले पढ्नुपर्छ। यदि कसैले परमेश्वरको वचनलाई लुकेको धन खोजेको जस्तैगरि पढ्छ भने, उसले आफ्नो जीवनमा बाइबलका यी वचनहरू निश्चित रूपमा सत्य पाउनेछ: "तपाईलाई कसैले सिकाउने आवश्यकता पर्नेछैन"

यो पुस्तक पढिसकेपछि, हामी तपाईंलाई एउटा बाइबल खोजेर पढ्न आग्रह गर्न चाहन्छौं।

सम्पूर्ण पवित्र धर्मशास्त्र परमेश्‍वरको सास-फुकाइबाट हो, र यो सिकाउन, हप्काउन, सच्याउन र धार्मिकताको तालिम दिनलाई उपयोगी हुन्छ।

2 तिमोथी 3:16

adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません