『अध्याय 4 ख्रीष्ट आउँदैहुनुहुन्छ!』のカバーアート

अध्याय 4 ख्रीष्ट आउँदैहुनुहुन्छ!

अध्याय 4 ख्रीष्ट आउँदैहुनुहुन्छ!

無料で聴く

ポッドキャストの詳細を見る

अध्याय 4 ख्रीष्ट आउँदैहुनुहुन्छ!

एक दिन आउँदैछ भनि परमेश्वरले अगमवक्ताहरूको मुखबाट हामीलाई प्रतिज्ञा गर्नुभएको छ, जब उहाँले धार्मिकताको राज्य स्थापना गर्नुहुनेछ र उहाँ आफैं शासन गर्नुहुनेछ। उहाँले यो पनि प्रतिज्ञा गर्नुभयो, कि एक दिन उहाँले मानिसहरूलाई दुष्टताबाट शुद्ध पार्नुहुनेछ र पापबाट मुक्ति दिनुहुनेछ।

अगमवक्ताहरूले योभन्दा बढी प्रतिज्ञा गरे। तिनीहरूले प्रकट गरे, कि परमेश्वरले यस संसारमा एक जना मानिस पठाउनुहुनेछ, जो सर्वप्रथम पापबाट मुक्तिदिने मुक्तिदाताको रूपमा आउनुहुनेछ, र त्यसपछि फेरि राजा र न्यायकर्ताको रूपमा आउनुहुनेछ। यस आउनुहुने मुक्तिदाता, राजा, न्यायकर्तालाई उनीहरूले दिएको नाम “मसीह” थियो, र उहाँको बारेमा गरिएका भविष्यवाणीहरू “ख्रीष्ट” येशूको जन्म हुनुभन्दा धेरै अघि दिइएका थिए।

adbl_web_anon_alc_button_suppression_t1
まだレビューはありません