मजदुरहरूको जीवन- न्युनतम ज्याला र सरकारको घोषणा! दैनिक रूपमा, मजदूर साथीहरूले न्युनतम ज्याला कहिले बढ्छ? की बढ्दैन? घऱ चलाउन साह्रो पर्छ, सरकारले बढाउँदैन हाम्रो पैसा? सरकारले ढाँटेछ, अब त आश पनि लाग्न छोढ्यो, आन्दोलन नै गर्नुपर्छ होला अब त, के हुँदैछ १५,००० को? के हुँदै छ पि.डब्लु.डिको पैसा पाउँदैन, आदी भनेर संगठनमा सोधि रहनु हुन्छ, मेसेजहरू मार्फत प्रश्न पठाई रहनु हुन्छ। तर, सरकारले घोषणा गरेको, नोटिफिकेसन निकालेको वर्षौं पुग्न लाग्दा सम्म न्युनतम ज्याला बढेको छैन्। अहिले गान्तोकमा जी. २० समिट भइरहेकोछ। विभिन्न देशहरूबाट प्रतिनीधिहरू आएर मानिसहरूको भविष्य बारे चर्चा गरिरहँदा सिक्किममा मजदूर वर्गले मर्यादित न्युनतम ज्याला सम्म पाएका छैनन्। सरकार र जनसाधारणलाई एक पटक पुन: स्मरण गराउँदा, सिक्किम प्रोग्रेसिभ युथ फोरम र मजदूर वर्गले लामो संघर्ष बाद १ मई,२०२२मा मजदूर दिवस मनाएको थियो, सरकारले मजदूरहरूलाई रोक्न खोज्दा पनि मजदूर वर्गको राम्रो सहभागीता थियो । सरकारले त्यसैदिन न्युनतम ज्याला बढाएर १५ हजार बनाउने घोषणा गरेको थियो। निरन्तर संघर्ष बाद ११ जुलाईमा नोटिफिकेसन निकालियो तर, न्युनतम ज्याला बढाईएन। यो नोटिफिकेसन पछि पनि न्युनतम ज्याला नदिएपछि संगठन र मजदूर समुहले न्युनतम ज्याला बढाउनै पर्छ भनर आवज उठाउँदा संगठनका साथीहरूलाई १३ सितम्बरमा नाम्ची थानामा थुनवाई गरेको थियो। समग्र मजदूर वर्ग संगठित बनेर लढेपछि १४ सितम्बरमा ज्याला बढाउने नोटिफिकेसन त आयो तर कार्यन्वान गरिएन। घोषणा मात्र भएता पनि सरकारलाई मानिसहरूले धन्यवाद माथी धन्यवाद पनि दिएकै हो । सितम्बरदेखि आजसम्म सरकारी क्षेत्रमा काम गर्ने समग्र मजदूर वर्गले न्युनतम ज्याला पाएका छैनन्। पि.डब्लु.डी, होम गार्ड, अस्थायी शिक्षक-शिक्षिका गण, अस्थायी कर्मचारी गण, वान फेमेलि वान जब, आगानवाडीमा काम गर्ने मजदूर वर्ग, साथै तमाम सरकारी क्षेत्रमा काम गर्ने मजदूर वर्गको न्युनतम ज्याला बढेको छैन्। नीजि क्षेत्रहरू जस्तै एन.एच.आई. डी. सि.एल, पेट्रोल पम्पमा काम गर्ने मजदूर वर्ग, एन.एच.पि.सि आदी क्षेत्रमा काम गर्ने मजदूर वर्गको पनि न्युनतम ज्याला बढेको छैन्। सरकारी क्षेत्रमा ज्याला बढाउनुको सट्टा सरकार नीजि क्षेत्रमा काम ...
続きを読む
一部表示