『मनको स्वास्थ्य』のカバーアート

मनको स्वास्थ्य

मनको स्वास्थ्य

無料で聴く

ポッドキャストの詳細を見る

概要

नमस्कार !

कस्तो छ तपाईलाई ? आराम हुनुहुन्छ नि? चिसो इलि बढी रहेको छ आफ्नो ख्याल गर्नुस् है। 😊तपाईलाई स्वागत छ है दृष्टिकोण पोड्कास्टको सोलो एपिसोडमा। म दीक्षा राई ।

आजको एपिसोडमा हामी एउटा गम्भीर तर कम बोलिने विषय—Mental Health, अर्थात् मनको स्वास्थ्य को कुरा गर्दैछौं।हामी शरीर बिरामी हुँदा अस्पताल जान्छौं,तर मन थाक्दा, दुख्दा—किन चुप लागेर बस्छौं?धेरै मानिस बाहिरबाट हाँसिरहेका हुन्छन्,तर भित्रभित्रै टुटिरहेका हुन्छन्।आज म यही मौन पीडाको कुरा गर्न चाहन्छु।Mental health पागलपन होइन,यो कमजोरी पनि होइन।यो हाम्रो सोच्ने, महसुस गर्ने र निर्णय गर्ने क्षमता हो।समाज भन्छ— “सबै ठीकै छ, सोच्ने कुरा होइन।”तर मनले सुन्दैन।मनलाई पनि हेरचाह चाहिन्छ।कामको दबाब,पारिवारिक अपेक्षा,सम्बन्धको तनाव,आर्थिक समस्या—यी सबैले मनलाई बिस्तारै थकाउँछन्।म आफैंले पनि कहिलेकाहीँअकारण भारीपन महसुस गरेको छु।त्यतिबेला मैले बुझें—मनको पीडा देखिँदैन, तर गहिरो हुन्छ।अब तपाईंलाई सोध्न चाहन्छु—तपाईं साँच्चै ठीक हुनुहुन्छ?अन्तिम पटक कहिले आफूलाई सोध्नुभयो— “म ठीक छु कि छैन?”यदि उत्तर “थाहा छैन” हो भने,यो एपिसोड तपाईंको लागि हो।

Mental health को कुरा गर्नु कमजोरी होइन,यो साहस हो।मदद माग्नु हार होइन,यो आफूप्रति जिम्मेवारी हो।कसैसँग कुरा गर्नुहोस्—कहिलेकाहीँ सुन्ने कान नै औषधि हुन्छ। तपाईं एक्लो हुनुहुन्न।तपाईंको भावना जायज छन्।

र तपाईं मद्दत पाउन योग्य हुनुहुन्छ।आजको एपिसोड यतिनै।यदि यो कुरा कसैलाई आवश्यक छ भने,कृपया share गर्नुहोस्।तपाईं सुन्दै हुनुहुन्थ्यो Drishtikon Podcast,

म दीक्षा। फेरि अर्को एपिसोडमा भेटौंला।आफ्नो मनको ख्याल राख्न नबिर्सनुहोस्।🙏

まだレビューはありません